images
images

एनआईशी एशिया बैंकले बढायो ब्याजदर, मुद्दतीमा ११.१० प्रतिशत, बचतमै ८.१० प्रतिशतसम्म


  • 1.1K
    SHARES
  • २०७८ कार्तिक १ गते सोमबार

    एनआईशी एशिया बैंकले बढायो ब्याजदर, मुद्दतीमा ११.१० प्रतिशत, बचतमै ८.१० प्रतिशतसम्म

    काठमाडौं । अरु बैंकले मुद्दती खातामा दिएको ब्याजदर बचत खातामै दिनेगरी एनआईशी एशिया बैंकले ब्याजदर बढाएको छ । बैंकले कात्तिक १ गतेदेखि लागु हुनेगरी प्रकाशित गरेको नयाँ ब्याजदर तालिका अनुसार बचत खातमा ६.१० प्रतिशतदेखि ८.१० प्रतिशतसम्म र मुद्दती खातमा ११.१० प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको हो । 

    असोज १ गते बैंकले सार्वजनिक गरेको तालिकामा बचत खातमा ३.६० प्रतिशत र मुद्दती खातमा ८.६० प्रतिशतसम्म ब्याजदर दिने जनाएको थियो । अहिले बचत खाताको ब्याजदर एकैपटक ४.५ प्रतिशत विन्दुले बढाएको हो भने मुद्दती खाताको ब्याजदर पनि एकैपटक २.५ प्रतिशत विन्दुले बताएको हो । 

    वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको छाता संगठन नेपाल बैंकर्स संघमा आवद्ध बैंकरहरुले मुद्दती खातको ब्याजदरलाई अधिकतम एकल विन्दुमा कायम राख्ने मौखिक सहमति गरे पनि एनआईशी एशिया बैंकले ब्याजदर बढाएको हो । सहमति अनुसार सानिमा बैंकले आइतबार ब्याजदर घटाएको थियो । सरकारी बैंकहरुले ब्याजदर बढाए पनि  यी बैंकहरुले बढाएको ब्याजदर निजी क्षेत्रका वाणिज्य बैंकले दिइरहेको ब्याजदर भन्दा कम नै थियो । 
     
    एनआईशी एशिया बैंकले ब्याजदर बढाएसँगै वाणिज्य बैंकमध्ये सबैभन्दा बढी ब्याज दिने बैंक बन्न पुगेको छ । यसअघि सनराइज बैंकले मुद्दती निक्षेपमा दोहोरो अंकको ब्याजदर अफर गरेको थियो । अरु बैंकहरु भने हालसम्म एकल अंकमै कायम छन् ।


    images
    images

    Logo