काठमाडौं । सिन्धुपाल्चोकको ६ किलोमा बस दुर्घटना भएको छ । जिल्लाको लिशंखुपाखर गाउँपालिकाबाट काठमाडौं आउँदै गरेको बा २ ख ३२६४ नम्बर को बस दुर्घटना भएको छ । दुर्घटनामा बसमा सवार ३५ यात्रु घाइते भएका छन् । जसमध्ये सहचालकसहित चार जनाको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारको लागि धुलिखेल अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
अन्य घाइतेहरूको खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको छ । बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । काठमाडौं–धुलिखेलमा सञ्चालन हुने बस यात्रु बोकेर काठमाडौँ आउँदै गरेको थियोे ।