images
images

रोकिएन सडक दुर्घटना : शनिबार मात्रै ११ जनाको मृत्यु


  • 367
    SHARES
  • २०७८ आश्विन ३१ गते आइतबार

    रोकिएन सडक दुर्घटना : शनिबार मात्रै ११ जनाको मृत्यु

    काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी गत २४ घण्टामा मात्रै ११ जनाको मृत्यु भएको छ । सप्तरी, सुर्खेत, कैलाली, धनुषा, मकवानपुर, कास्की र बाँकेका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा उक्त संख्यामा मानिसको मृत्यु भएको हो ।

    सप्तरीको सुरुङ्गा नगरपालिका–३ कर्हवा चोकमा प्रदेश ३–०२–०१३ प ७१८४ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही नगरपालिका–२ हदिया बस्ने ७० वर्षीय रामेश्वर चौधरीको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि सप्तऋषि अस्पताल लाहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ लादेस्थित सडकमा प्रदेश ०२–००१ ख ०१६६ नम्बरको गाडी अनियन्त्रित भई भित्तामा ठोकिएर शनिबार दिउँसो दुर्घटना हुँदा दैलेख नारायण नगरपालिका–११ बस्ने १८ वर्षीय सुशील रावत लगायत २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका ९ जनामध्ये ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने अन्य ५ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    कैलालीको टिकापुर नगरपालिका९५ पार्करोडस्थित सकडमा से ६ प १९३१ नम्बरको मोटरसाइकल नियन्त्रित भई कल्भर्टमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक सोही नगरपालिका–१ गणेशपुर बस्ने १८ वर्षीय सुन्दर मगर र  टरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय केशव मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका सुन्दरको टिकापुर अस्पताल कैलालीमा उपचारको क्रममा मृत्यु भएको हो भने केशवको सोही अस्पताल हुँदै कोहलपुर मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने आशिष मगरको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ जुडीस्थित सडकमा बा ४८ प २२५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय हरिचन पासवान र २१ वर्षीय दिपलाल महरा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने २२ वर्षीय लालबाबु पासवानको सोही हेल्थ केयरमा उपचार भइरहेको छ ।

    मकवानपुरको इन्द्रसरोवर गाउँपालिका९२ लामिबगरस्थित सडकमा ना १ ज ४५११ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खोल्सामा खसेर शनिबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा काठमाडौं महानगरपालिका–१६ बस्ने ६२ वर्षीय बिष्णुलाल श्रेष्ठ र पर्सा पोखरिया नगरपालिका–७ गोबिन्दपुर बस्ने ५० वर्षीय रामसनही राम रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको पाटन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सुमो चालक सहित ४ जनालाई हेटौंडास्थित सन्चो अस्पताल र ४ जनालाई स्टार अस्पताल ललितपुरमा उपचार भइरहेको छ ।

    कास्कीको पोखरा महानगरपालिका–२६ सुन्दरी बजारमा ग। २ प ४०३२ नम्बरको मोटरसाइकल र ग १ ज ६८७८ नम्बरको पिकअप भ्यान एक आपसमा ठक्कर खाएर शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार मादी गाउँपालिका–५ मिजुरेडाँडा बस्ने ४५ वर्षीय सूर्य बहादुर क्षेत्रीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लेखनाथ सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सन्दिप केसीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाइएको र अवस्था गम्भीर रहेको छ । हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    बाँकेको खजुरा गाउँपालिका९३ धौलागिरीस्थित सडकमा भे १ ह ७०२ नम्बरको अटो शनिबार बिहान दुर्घटना हुँदा अटोमा सवार बाँके खजुरा गाउँपालिका–४ गाउँ बस्ने ४५ वर्षीया प्रेमकला सुनारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नसिंङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


    images
    images

    Logo