images
images

असोजमा २३ प्रतिशतले घट्यो घरजग्गा कारोबार, राजस्व संकलनमा पनि गिरावट


  • 495
    SHARES
  • २०८१ कार्तिक २ गते शुक्रबार

    असोजमा २३ प्रतिशतले घट्यो घरजग्गा कारोबार, राजस्व संकलनमा पनि गिरावट

    काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को असोज महिनामा घरजग्गाको कारोबारमा गिरावट आएको छ । भूमि व्यपस्था तथा अभिलेख विभागले सार्जजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०–८१ को असोजको तुलनामा यसपटक घरजग्गाको कारोबारमा २३.४५ प्रतिशतले गिरावट आएको हो । 

    गत आर्थिक वर्षको असोजमा देशभरका मालपोत कार्यालयहरुबाट ३९ हजार ८८१ वटा लिखतपारित भएका थिए । उक्त संख्या यसपटक २३.४५ प्रतिशतले घटेर ३० हजार ५२७ वटामा सिमित भएको छ । 

    लिखतपारितको संख्या घटेसँगै राजस्व संकलनमा पनि कमी आएको छ । चालू आर्थिक वर्षको असोज महिनामा घरजग्गाको कारोबारबापत ३ अर्ब ८ करोड रुपैयाँ संकलन भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २०.८३ प्रतिशत अर्थात् १ लाख रुपैयाँले कम हो । गत असोजमा घरजग्गाको कारोबारबापत ३ अर्ब ८ करोड रुपैयाा राजस्व संकलन भएको थियो ।

    असोज महिनामा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट सबैभन्दा धेरै लिखतपारित भएको छ । उक्त कार्यालयबाट १ हजार १८५ लिखतपारित भएको तथ्यांकमा जनाइएको छ । त्यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय जनकपुरधाम र बेलबारीबाट पनि हजार भन्दा धेरैवटा लिखतपारित भएका छन् । 

     


    images
    images

    Logo