images
images

राष्ट्रपति भण्डारीद्वारा नवकन्याको पूजा


  • 384
    SHARES
  • २०७८ आश्विन २८ गते बिहीबार

    राष्ट्रपति भण्डारीद्वारा नवकन्याको पूजा

    बडादसैँको नवौँ दिन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नवकन्याको पूजा गर्नुभएको छ । महानवमीको शुभदिनमा बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आज बिहान राष्ट्रपति भण्डारीले नवकन्या (नौजना कन्या) को पूजा गर्नुभएको हो ।

    वैदिक सनातन हिन्दू धर्मशास्त्रमा वर्णित विधिअनुसार विजयादशमीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गर्ने गरिन्छ ।

    यसरी पूजा गर्दा पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः दोस्रो दिन दुई, तेस्रो दिन तीन हुँदै चार, पाँच, छ, सात, आठ र नवौँ दिन महानवमीमा नौ वर्षकी कन्याको पूजा गर्ने प्रचलन छ । सोही बमोजिम राष्ट्रपति भण्डारीले आज महानवमीका दिन एकैपटक नौजना कन्यालाई नवदुर्गाको प्रतीक मानेर पूजा गर्नुभएको हो ।


    images
    images

    Logo