कर्णाली । मुगु बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रहरीका अनुसार घटनास्थल, बाटो र अस्पताल पुगेपछि समेत गरी मृत्यु हुनेको संख्या ३२ पुगेको हो । जसमध्ये ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो । ४ जनालाई उपचारार्थ ताल्चा विमानस्थलमा पुर्याउँदैगर्दा ज्यान गएको थियो । बाँकी ४ जनाको भने नेपालगञ्ज अस्पतालमा निधन भएको हो ।
यसरी मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस मंगलबार मध्याह्न छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो । बसमा ४५ जना सवार थिए । दुर्घटनामा गाडीका चालक दलबहादुर रावल समेत मृत्यु भएको छ ।