images
images

धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा पल्टियो


  • 567
    SHARES
  • २०७८ आश्विन २६ गते मंगलबार

    धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा पल्टियो

    धनगढी। दशैंका लागि यात्रु बोकेर जाँदै गरेको बस डडेल्धुरामा पल्टिएको छ । धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस केआईसिंह  राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार नजिकै पल्टिएको हो । बस पल्टिँदा बसमा सवार १६ जना घाइते भएका छन् । घाइते हुनेमा ६ महिला, २ बालबालिका र ८ पुरुष छन् ।  

    बस ब्रेक फेल भएर मंगलबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।  बसमा ५० जना भन्दा बढी यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए । 


    images
    images

    Logo