images
images

असोजका २० दिनमै सरकारले खर्चियो १ खर्ब २५ अर्ब चालू बजेट, आम्दानीभन्दा खर्च बढी


  • 493
    SHARES
  • २०८१ आश्विन २१ गते सोमबार

    असोजका २० दिनमै सरकारले खर्चियो १ खर्ब २५ अर्ब चालू बजेट, आम्दानीभन्दा खर्च बढी

    काठमाडौं । असोजका २० दिनमै सरकारले १ खर्ब २५ अर्ब चालू बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणमा असोजको १ गतेदेखि यता २० गतेसम्ममा १ अर्ब २५ अर्ब रुपैयाँ चालू खर्च भएको देखिएको हो । 

    भदौ मसान्तसम्ममा सरकारले ८५ अर्ब ६ करोड रुपैयाँ चालू बजेट खर्च गरेको थियो । जुन, असोज २० सम्म पुग्दा २ खर्ब १० अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । 

    असोज लागेसँगै चाडपर्व सुरु हुन्छ । दशैंको समयमा सरकारले कर्मचारीलाई तलब साथै बोनश समेत दिँदै आएको छ । त्यसैले गर्दा २० दिनको समयमा नै सो बराबरको चालू खर्च भएको हो । 

    असोजको २० गते सम्म पुग्दा सरकारले १५.७९ प्रतिशत बजेट खर्च गरेको छ । चालू आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये, हालसम्म २ खर्ब ८३ अर्ब रुपैयाँ खर्च भएको छ । 

    सो समयसम्ममा पुँजीगत खर्चका लागि छुट्याइएको बजेटको ७.३२ प्रतिशत खर्च भएको छ । सरकारले पुँजीगत खर्चका लागि ३ खर्ब ५२ अर्ब रुपैयाा विनियोजन गरेको थियो । जसमध्ये, हालसम्म २२ अर्ब ८८ करोड रुपैयाा मात्र खर्च भएको छ । 

    आम्दानीभन्दा खर्च बढी

    असोज २० गते सम्ममा सरकारको आम्दानी भन्दा खर्च बढी देखिएको छ । सो समयसम्ममा सरकारले २ खर्ब १० अर्ब रुपैयाँ आम्दानी गर्दा खर्च भने २ खर्ब ८३ अर्ब रुपैयाँ गरेको छ । जसमध्ये चालू खर्च मात्रै २ खर्ब १० अर्ब रहेको छ । 

    हालसम्म सरकारले कर राजस्व मार्फत् सरकारले १ खर्ब ८७ अर्ब रुपैयाँ र गैरकर राजस्वबाट २२ अर्ब ९३ करोड रुपैयाँ आम्दानी गरेको तथ्यांकमा जनाइएको छ ।


    images
    images

    Logo