images
images

सुनसरी जिल्ला प्रहरी कार्यालयमा किन भयो आक्रमण ? 


  • 950
    SHARES
  • २०७८ आश्विन २४ गते आइतबार

    सुनसरी जिल्ला प्रहरी कार्यालयमा किन भयो आक्रमण ? 

    इनरुवा । प्रहरी हिरासतमा रहेका थुनुवा मो.हकिम शाह मियाको मृत्युको कारण प्रहरीलाई लगाउँदै आइतबार जिल्ला प्रहरी कार्यालय इनरुवामा आक्रमण भएको छ । आक्रमणमापरी केही प्रहरी समेत घाइते भएका छन् । 

    हिरासतमा मृत्यु भएका मृतकका आफन्त सहित ठूलो संख्यामा जम्मा भएको भीडले प्रहरी माथि आक्रमण गरेको थियो । आक्रमणकारीको ढुङ्गामुडा पश्चात प्रहरीले प्रर्दशनकारीलाई तितरवितर पार्न अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले पूर्व पश्चिम राजमार्ग समेत अवरुद्ध पारेका थिए । 

    अभद्र व्यवहार मुद्धामा पक्राउ परेका सुनसरी भोक्राहा–नसिंह ५ का मो.हकिम शाह मिया अनुसन्धानको क्रममा थुनामा थिए । थुनामा मृत्यु हुनुलाई पीडित पक्षले सुनियोजित भएको आरोप लगाएको छ भने प्रहरीले आत्महत्या भएको भन्दै सिसिटिभी फुटेज देखाउन सक्ने दावी गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सिसिटिभी फुटेजले उनले आत्महत्या गरेको पुष्टि गरेको बताउँदै आएका छन् ।

    घटनापछि सहायक सिडिओ महेशकुमार पोखरेलको संयोजकत्वमा ७ सदस्यीय छानमिन समिति बनेको छ । 


    घटनाको कथा 
    सुनसरी भोक्राहाका मो.हकिम शाह मियाले केही समयअघि इनरुवा नगरपालिकासँग जोडिएको गाऊँ बबियाकी एक युवतीलाई प्रेमगरी भारततिर भगाएका थिए । युवती १८ बर्षभन्दा कम उमेरकी भएकिले नेपालको कानुन अनुसार विवाह नहुने भन्दै युवती पक्षधरले छोरीको खोजी गर्न प्रहरीमा जाहेरी दिएका थिए । इनरुवा नपा. १० स्थायी ठेगाना रहेकी ती युवती खत्वे थरकी हुन् ।  

    नेपालमा रहेका हिन्दूवादी संगठनहरुले भारतीय हिन्दूवादी संगठनको सहयोगमा भागेका केटाकेटीलाई प्रहरीमा बुझाएका थिए । त्यसपछि मो.हकिम शाह मिया अनुसन्धानकालागि प्रहरी हिरासतमा रहेका थिए ।   

    घटनाको ३ कारण
    कारण नं १. धार्मिक संगठनहरु
    – भनिन्छ, केही समयदेखि तराईमा मुसलमान समुदायको मनोबल बढेको छ । उनीहरुको सक्रियता र मसिना विषयमा समेत आक्रमकता बढेको आम विश्लेषण रहेको छ । त्यसैगरी तराईका कतिपय स्थानमा हिन्दूबादी संगठनहरुले पनि आफ्नो सक्रियता बढाएका छन् । आरोप लगाउनेहरु भन्छन् –‘मुसलमान र हिन्दू दुवैका संगठन विदेशवाट सञ्चालित छन् ।’

    सुनसरी जिल्लामा केही महिनायता घटेका प्रतिनिधि घटनाहरुले यस आरोपलाई पुष्टि गर्ने पनि स्थानीय विश्लेषकहरु बताउँछन् । अर्थात जिल्लामा पछिल्लो समय केही शक्तिहरु धार्मिक रंग दिएर हिँसा मच्चाउने दाउमा रहेका छन् भन्ने धेरैको बुझाई रहेको छ ।

    कारण नं २. प्रहरी लार्पबाही
    जिल्ला प्रहरी कार्यालयमा आक्रमण हुनुलाई सुनसरी प्रहरीको संयन्त्र निकम्मा भएको विश्लेषण गर्नेहरु पनि छन् । यस्तो आक्रमण हुँदैछ भन्ने पूर्व सूचना नहुनु जिल्ला प्रहरीको लार्पबाही नै रहेको सुरक्षा विज्ञहरुको बुझाई रहेको छ । जिल्ला प्रहरी कार्यालयमा आक्रमण हुनु, प्रहरी घाइते हुनु र प्रहरी मुकदर्शक बन्नुलाई अर्थपूर्णरुपमा हेर्न सकिन्छ । आक्रमणकारीलाई नवनियुक्त सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको संरक्षण रहेको पनि स्थानीय बुज्रुकहरुको आरोप छ ।

    कारण नं ३. जिल्ला सिडियो विहीन हुनु
    सुनसरी जिल्ला यतिवेला प्रमुख जिल्ला अधिकारी (सिडिओ) विहीन छ । उमेश कुमार ढकालको पर्सा जिल्लामा सरुवा भएको र नयाँ सिडिओ रौतहटका इन्द्रदेव यादवले हाजिरी गरिनसकेको अवस्थामा सुनसरी प्रहरीमा आक्रमण भएको छ । अवस्थालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयवाट आवश्यक अधिकार र निर्देशन पाउनवाट जिल्ला प्रहरी कार्यालय बन्चित भएको थियो । 


      

     

     

     


    images
    images

    Logo