images
images

कर्णालीमा डुङ्गा पल्टिँदा एक युवती बेपत्ता


  • 305
    SHARES
  • २०७८ आश्विन २४ गते आइतबार

    कर्णालीमा डुङ्गा पल्टिँदा एक युवती बेपत्ता

    कर्णाली । कर्णाली नदीमा डुङ्गा पल्टिँदा पश्चिम सुर्खेतकी एक युवती बेपत्ता भएकी छिन् । कैलालीको मोहन्याल गाउँपालिकातर्फ जाने क्रममा आज बिहान डुङ्गा पल्टिँदा चौकुने गाउँपालिका– १० घाटगाउँकी १८ वर्षीया अनिता नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

    सुर्खेतको चौकुने गाउँपालिका– १० र कैलालीको मोहन्याल गाउँपालिका– ३ को सिमानामा पर्ने कर्णाली नदीमा डुङ्गा पल्टिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले डुङ्गामा सवार छ जनामध्ये पाँच जना पौडिएर ज्यान जोगाउन सफल भएका बताए । 

    डुङ्गामा एक पुरुष र पाँच महिला यात्रु सवार थिए । दसैँमा घर लिपपोतका लागि कमेरो र रातो माटो लिन उनीहरु मोहन्याल गाउँपालिकामा पर्ने सोल्टा भन्ने स्थानतर्फ लागेको बताइएको छ । यसअघि साउन २१ गते सोही स्थानमा डुङ्गा पल्टिँदा बेपत्ता भएका दुई जनाको शव अझैं फेला परेको छैन् ।


    images
    images

    Logo