images
images

अवैध लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ


  • 298
    SHARES
  • २०७८ आश्विन २४ गते आइतबार

    अवैध लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

    काठमाडौं । अवैध लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन् । देशका विभिन्न ठाँउबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

    धनगढी उपमहानगरपालिका–२ राम जानकी मन्दिर नजिकबाट ३ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षीय राजु गुप्ता र २७ वर्षीय किरन भुजेल रहेका छन् । विशेष सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

    कैलाली, धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने १८ वर्षीय ३ जना किशोर र १ जना किशोरीलाई ३ ग्राम ६ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुले लागूऔषध ब्राउनसुगर सेवन गरी रहेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

    कञ्चनपुर, बेलडाँडी गाउँपालिका–५ झिलमिलाफाँटाबाट ६ ग्राम २ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो पदार्थ सहित बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने २२ वर्षीय झलक थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट साइकलमा आउँदै गरेका उनलाई प्रहरी चौकी झिलमिला र सशस्त्र प्रहरी बल बिओपी झिलमिला समेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 


    images
    images

    Logo