images
images

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ  


  • 456
    SHARES
  • २०७८ आश्विन २२ गते शुक्रबार

    आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ  

    सुर्खेत । आफ्नै श्रीमती ४० वर्षीया कमला नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका–३ रातोपुल बस्ने ५० वर्षीय सुरेश नेपालीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

    सुरेशले गत असोज ५ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी कमलाको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।
     
    जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले सुरेशलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

     


    images
    images

    Logo