images
images

५ प्रतिशतले घट्यो निर्यात, व्यापार घाटा २ खर्ब ३७ अर्बभन्दा बढी


  • 355
    SHARES
  • २०८१ आश्विन ७ गते सोमबार

    ५ प्रतिशतले घट्यो निर्यात, व्यापार घाटा २ खर्ब ३७ अर्बभन्दा बढी

    काठमाडौं । चालू आर्थिक वर्षको दुई महिनामा २ खर्ब ३७ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को भदौ महिनासम्म देशको व्यापार घाटा २ खर्ब ३७ अर्ब ४४ करोड ९५ लाख २३ हजार रुपैयाँ पुगेको हो ।

    गत आर्थिक वर्षको भदौ महिनासम्म देशको व्यापार घाटा २ खर्ब ३३ अर्ब ३० लाख रुपैयाँ रहेको थियो । जुन यस वर्ष १.७८ प्रतिशतले बढेको छ ।

    भन्सार विभागको तथ्याङ्क अनुसार भदौसम्म २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख २६ हजार रुपैयाँको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिकाे तुलनामा आयात १.०८ प्रतिशतले बढेकाे हाे । गत वर्षकाे भदाैमा नेपालले २ खर्ब ५९ अर्ब ७४ कराेड ९८ लाख ९८ हजार रूपैयाँ बराबर रकमकाे सामान आयात गरेकाे थियाे । 

    त्यस्तै, दुई महिनामा २५ अर्ब ९ करोड ३१ लाख ३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले २६ अर्ब ४४ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो । जुन यस वर्ष ५.१२ प्रतिशतले घटेको छ ।


    images
    images

    Logo