images
images

बेलायतको रातो सूचीबाट  नेपाल  मुक्त, बेलायत फर्किँदा हाेटल क्वारेन्टाइनमा बस्नु नपर्ने 


  • 752
    SHARES
  • २०७८ आश्विन २२ गते शुक्रबार

    बेलायतको रातो सूचीबाट  नेपाल  मुक्त,  बेलायत फर्किँदा हाेटल क्वारेन्टाइनमा बस्नु नपर्ने 

    काठमाडौं । बेलायत सरकारले कोभिड महामारीको कारण रातो सूचीमा रहेका नेपाल सहित ४७ देश र क्षेत्रहरुलाई रातो सूची (रेड लिस्ट)बाट हटाएको छ । 

    बिहिबार एक सूचना जारी गर्दै बेलायत सरकारले यो प्रावधान अक्टोबर ११ बाट लागू हुने बताएको छ । नयाँ प्रावधान सँगै नेपालबाट बेलायत फर्कने यात्रुहरुलाई अब होटल क्वारेन्टाइन मा बस्नु नपर्ने भएकाे छ ।

    यद्ययपी,  बेलायत आउनु १० दिन अघि यात्रुले रातो सूचीमा रहेका देश वा क्षेत्र भ्रमण गरेको हुन नहुने बताइएको छ । बेलायत सरकारको अनुसार अक्सफोर्ड इस्ट्राजेनिका, मोर्डना, जोनसन एन्ड जोनसन र फाइजर गरी ४ खोपको प्रमाण ती राताे सूचीबा६ हटाइएका देश र क्षेत्रहरुबाट मान्यता प्राप्त हुनेछ ।

    अब नेपालबाट बेलायत जाने यात्रुहरुले खोपको प्रमाण पेश गर्नुपर्ने छ तर बेलायत पुगेपछि भने होटलमा क्वारेन्टाइनमा बस्नुपर्ने छैन । 


    images
    images

    Logo