images
images

पछिल्लो २४ घण्टामा दुर्घटनामा परी १३ जनाको मृत्यु


  • 296
    SHARES
  • २०७८ आश्विन २१ गते बिहीबार

    पछिल्लो २४ घण्टामा दुर्घटनामा परी १३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । काठमाडौं लगायत देशका विभिन्न ठाउँमा सवारी दुर्घटना र अनय घटनामा परी १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    काठमाडौं महानगरपालिका–३२ स्थित सडकमा बा।८० प ६३३७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक दोलखा घर भएका ३३ वर्षीय शिव कुमार फुयालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    सुनसरी, ईटहरी उपमहानगरपालिका(१६ लायन्स चोकमा ना।६ ख ५६८१ नम्बरको ट्रकले को।२० प ६७४७ नम्बरको स्कुटरलाई बुधबार राति ठक्कर दिंदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्कुटर चालक ईनरुवा नगरपालिका(२ का २५ वर्षीय सुसान्त भट्टराई र स्कुटरमा सवार संखुवासभा चिचिला गाउँपालिका(२ का २० वर्षीय बिबिसन बिक रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि न्यूरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा दुवै जनाको बाटोमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
     
    सिन्धुली । हरिहरपुरगढी गाउँपालिका–४ बेलपुरमा मरिणबाट झनझनेतर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलले साईकलयात्री सोही गाउँपालिका(४ बस्ने १४ वर्षीय भुवन आलेलाई ठक्कर दिई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार  हरिहरपुरगढि गाउँपालिका(५ बस्ने ३६ वर्षीय धनलाल वाईबाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका साईकलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
     
    धनुषा, जनकपुर उपमहानगरपालिका–१७ मनहरपुरमा ज।९ प ३६६६ नम्बरको मोटरसाइकल र अनटेष्ट लेखिएको मोटरसाइकल एक(आपसमा ठोक्किएर बुधबार दिउँसो दुर्घटना हुँदा ज।९ प ३६६६ नम्बरको मोटरसाइकल चालक हंसपुर नगरपालिका(२ बस्ने ५० वर्षीय उपेन्द्र सहनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुर हुँदै थप उपचारको लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । अनटेष्ट लेखिएको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
     
    डुबेर मृत्यु

    मकवानपुर, मकवानपुर गढी गाउँपालिका–६ सरङकोट बस्ने पंच बहादुर बिककी छोरी १३ वर्षीया मिना बिकको साही ठाउँस्थित सामरी खोलामा पौडी खेल्ने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।

    कञ्चनपुर, बेदकोट नगरपालिका(२ जडेपानी बस्ने गजेन्द्र धामीकी छोरी २ वर्षीया राधीका धामीको घर नजिकैको बोरिङको पानी ट्याङकीमा डुबेर बुधबार राति मृत्यु भएको छ ।

    मृत अवस्थामा फेला

    काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित कटन गार्मेटमा काम गर्ने लमजुङ घर भएका ४८ वर्षीय पूर्ण बहादुर थापा सोही गार्मेटको कोठाभित्र बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

    दाङ, तुलसीपुर उपमहानगरपालिका–१७ बस्ने ४० वर्षीय जुगराम चौधरी सोही ठाउँस्थित बारीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी दाङ, लमही नगरपालिका–६ बेलदमारस्थित अर्जुन खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

    चितवन, खैरहनी नगरपालिका–१ स्थित कयर खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

    मकवानपुर, बागमती गाउँपालिका–५ भोर्लेनी बस्ने २२ वर्षीया भगवती भोलन सोही ठाउँ बगेरीस्थित बागमती खोलामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । घरबाट हराएको भनी खबर प्राप्त हुनासाथ प्रहरी चौकी भोर्लेनीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
     
    करेन्ट लागेर मृत्यु

    लेकबेशी नगरपालिका–१ रातामाटे बस्ने जितेन्द्र थापाको छोरा १३ वर्षीय आशिष थापाको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ ।

    सोही ठाउँस्थित जनकल्याण आधारभूत बिद्यालयको ट्वाईलेटको छतमा खेल्ने क्रममा बिद्युतको मेन लाईन छुन जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेहेलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
     

     


    images
    images

    Logo