images
images

अवैध लागूऔषध र श्रोत नखुलेको रकम सहित ४ जना पक्राउ


  • 363
    SHARES
  • २०७८ आश्विन २१ गते बिहीबार

    अवैध लागूऔषध र श्रोत नखुलेको रकम सहित ४ जना पक्राउ

    काठमाडौं । अवैध लागूऔषध र श्रोत नखुलेको रकम सहित ४ जना पक्राउ परेका छन् । काठमाडौं लगायत देशका विभिन्न प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

    पर्सा । वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट श्रोत नखुलेको ३ लाख ७८ हजार नेपाली रुपैयाँ सहित भारत बिहार राज्य ग्राम पञ्चायत रक्सौल–४ बस्ने २५ वर्षीय सुजित कुमार गुप्तालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    भारतबाट नेपालतर्फ आउँदै गरेको विआर २२ सी २७६३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुप्तालाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।
     
    अवैध लागूऔषध सहित पक्राउ

    कैलाली । धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट ९ ग्राम २ सय ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र ४४ ग्राम ७ सय ७० मिलिग्राम अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित सोही ठाउँ डेरा गरी बस्ने डडेलधुरा घर भएकी ३४ वर्षीया आशा बिष्टलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको डेरामा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

    रुपन्देही । बुटवल उपमहानगरपालिका–११ देवीनगरबाट १७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ, नगद २९ हजार ५ सय रुपैयाँ र लु।२१ प ७४० नम्बरको मोटरसाइकल सहित सोही ठाउँ बस्ने ३७ वर्षीय लछुमन बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

    नवलपरासी(पूर्व) कावासोती नगरपालिका–१६ चालिस किलो जंगलस्थित सडकबाट नियन्त्रित लागूऔषध नोर्फिन ३१ एम्पुल, फेनारागन ३१ एम्पुल र डाईजेपाम ३१ एम्पुल सहित कास्की पोखरा महानगरपालिका–३२ बस्ने २५ वर्षीय डोल बहादुर थापालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लु।२ ख २८९ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
     


    images
    images

    Logo