images
images

२५ खर्ब माथि पुग्यो नेपालको सार्वजनिक ऋण, दुई महिनामै थपियो ९४ अर्ब ५२ करोड


  • 408
    SHARES
  • २०८१ आश्विन ३ गते बिहीबार

    २५ खर्ब माथि पुग्यो नेपालको सार्वजनिक ऋण, दुई महिनामै थपियो ९४ अर्ब ५२ करोड

    काठमाडौं । नेपालको सार्वजनिक ऋण २५ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको भाद्र महिनासम्मको सार्वजनिक ऋणको प्रतिवेदन अनुसार नेपालले तिर्न बाँकी कुल ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ देखिएको हो । उक्त ऋण नेपालको कुल ग्रार्हस्थ उत्पादनको ४४.३२ प्रतिशत हो । 

    नेपालले तिर्न बाँकी रहेको ऋणमध्ये ४८.५१ प्रतिशत आन्तरिक ऋण रहेको छ । हालसम्म लिइएको आन्तरिक ऋणमध्ये ११ खर्ब ८० अर्ब ९० करोड रुपैयाँ तिर्न बाँकी रहेको प्रतिवेदनमा जनाइएको छ । त्यस्तै, नेपालले तिर्न बाँकी रहेको बाह्य ऋणको हिस्सा ५१.४८ प्रतिशत अर्थात् १२ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ रहेको छ । 

    सरकारले चालू आर्थिक वर्षमा थप ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य लिएको छ । जसमध्ये भदौको अन्तिमसम्ममा लक्ष्यको १८.६६ प्रतिशत अर्थात् १ खर्ब ४ अर्ब ५ करोड रुपैयाँ उठाइसकिएको छ । 

    दुई महिनाको अवधिमै सरकारले ४७ अर्ब ७१ करोड रुपैयाँ ऋणको सावाँब्याज भुक्तानी गरेको छ । जुन लक्ष्यको ११.८४ प्रतिशत हो । सरकारले चालू आर्थिक वर्षमा ऋण तिर्नका लागि ४ खर्ब २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।


    images
    images

    Logo