काठमाडौं । हिमालयन बैंक २६ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७ ७८ को नाफाबाट बैंकले उक्त परिमाणमा लाभांश दिन लागेको हो । बैंक सञ्चालक समितिको बुधबारको बैठकले २१.३६ प्रतिशत बोनस शेयर र ४.६४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको जनाइएको छ । यो लाभांश अहिलेसम्म लाभांश घोषणा गरेका बैंकहरुमध्येकै बढी हो ।
बैंकको सञ्चालक समितिले यो प्रस्ताव नियामक राष्ट्रबैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीले पाउनेछन् ।
हाल बैंकको चुक्तापूँजी १० अर्ब ६४ करोड ४४ लाख रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी बढेर करिब १३ अर्ब नजिक पुग्नेछ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरका कारण यो बैंकको शेयर दोस्रो बजारमा कारोबार भएको छैन । त्यसैले अहिले कायम रहेका शेयरधनीले यो लाभांश पाउन सक्नेछन् ।



