काठमाडौं । बाग्मती प्रदेशमा सवारी साधानको भाडा बढेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक १ गतेदेखि लागु हुनेगरी भाडा बढाएको हो । बढेको भाडादर अनुसार यात्रुले २३ प्रतिशत महँगो भाडा तिर्नु पर्नेछ ।
मन्त्रालयले काठमाडौं उपत्यकाभित्र चल्ने सवारी साधनमा १८ रुपैयाँदेखि ३५ रुपैयाँसम्म भाडादर निर्धारण गरेको छ । त्यस्तै, १५ केजीसम्मको झोला निःशुल्क र त्यसभन्दा बढी १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँसम्म भाडा लिन पाउनेगरी भाडादर निर्धारण गरिएको छ ।
