काठमाडौं । वडा दसैंको अवसर पारेर सर्वोच्च अदालत भोलिदेखि बन्द हुने भएको छ। घटस्थापनादेखि उक्त अदालत कात्तिक ३ गते कोजाग्रत पूर्णिमासम्म बन्द हुने भएको हो ।
अदालतका उपरजिष्ट्रार देवेन्द्र ढकालले बुधबार विज्ञप्ति जारी गर्दै अदालत कात्तिक ३ बाट बन्द हुने जानकारी दिएका हुन् ।
यद्यपी बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ देखि अपरान्ह ३ बजेसम्म अदालत खुला रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।