images
images

बैंकिङ कसूर र मुद्रा सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ


  • 535
    SHARES
  • २०७८ आश्विन १९ गते मंगलबार

    बैंकिङ कसूर र मुद्रा सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं । बैंकिङ कसूर र मुद्रा सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्् । 

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–३ महाराजगंज बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका७ घर भएका ३० वर्षीय सुजन तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

    उक्त मुद्दामा उच्च अदालत पाटनको २०७७ पुस ६ गतेको फैसलाले ८ दिन कैद र २० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो । 

    सुजनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी ग्लोबल आईएमई बैंकको चेक दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।  

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ । 

    मुद्रा सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    मुद्रा सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी रसुवा पार्वतीकुण्ड गाउँपालिकाण्३ घर भई काठमाडौं लोलाङ बस्ने २४ वर्षीय बुद्धिमान तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

    छितेन तामाङ समेत भएको उक्त मुद्दामा फरार रहेका तामाङलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो ।
     
    उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनकुटा पठाइएको उक्त महाशाखाले जनाएको छ । 

     


    images
    images

    Logo