images
images

३३ किलो सुन तस्कर प्रकरणका मुख्य योजनाकार गोरेलाई जन्मकैद


  • 608
    SHARES
  • २०७८ आश्विन १९ गते मंगलबार

    ३३ किलो सुन तस्कर प्रकरणका मुख्य योजनाकार गोरेलाई जन्मकैद

    काठमाडौं । ३३ किलो सुन तस्कर प्रकरणका मूख्य योजनाकार चुडामणि उप्रेती ‘गोरे’लाई मोरङ जिल्ला अदालतले जन्मकैदको  सजाय सुनाएको छ ।

    न्यायाधीश भरत लम्सालको इजलासले  मंगलबार सनम शाक्य हत्याकाण्ड र ३३ किलाे सुन तस्कर प्रकरणमा मुख्य भूमिकामा रहेका मोरङ उर्लाबारीका गोरेलाई उक्त सजाय सुनाएको हो।  

    गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो ।

    अदालतले राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई छ महिना कैद सजायको फैसला गरेको स्रेस्तेदार राणाले बताए । मुद्दाका ७७ जनालाई प्रतिवादी बनाइएकामा ४८ जनाले सफाइ पाएका छन् भने २१ जना फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको उनले जानकारी दिए ।


    images
    images

    Logo