काठमाडौं । पूर्व सांसद तथा व्यवसायी इच्छाराज तामाङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी आराेपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेकाे हाे।
उनीमाथि सिभिल सेभिङ एवं क्रेडिट को–अपरेटिभमा बचतकर्ताको ४६ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।
सिआइबीका अनुसार उनीमाथि ७० जनाले निक्षेपकर्ताले ४६ करोड बढी ठगी गरेको भन्दै उजुरी गरेका थिए ।