images
images

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशको नाम जोडिनु असान्दर्भिक : सर्वोच्च अदालत 


  • 321
    SHARES
  • २०७८ आश्विन १८ गते सोमबार

    मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशको नाम जोडिनु असान्दर्भिक : सर्वोच्च अदालत 

    काठमाडाै‌ । सर्वोच्च अदालतले सोमवार प्रेस बिज्ञप्ती जारी गरी मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर ज.ब.रा.को नाम जोडिनु असान्दर्भिक भएको प्रश्ट्याएको छ । 

    मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशको संलग्नता शीर्षक लगायतका अतिरञ्जित तथा भ्रामक समाचारमा सर्वोच्चले बिज्ञप्ती मार्फत खेद प्रकट गरेको हेा । 

    सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद् विस्तारको विषयमा प्रधानन्यायाधीशको संलग्नता नरहेको प्रश्ट पारेका छन् ।

    "सर्वोच्च अदालतको अमुक फैसलासेमतका सन्दर्भ जोडी यसप्रकारका समाचारहरु आउनु अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकूल प्रभाव पार्ने दूषित मनसायबाहेक अरु केही हुनसक्दैन", विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    सर्वोच्चले आम नागरीकलाई यस्ता मिथ्यापूर्ण समाचारको पछि नलाग्न र सञ्चार माध्यमलाई सत्यतथ्य बुझेर मात्र  न्यायपालिका सम्वन्धित समाचार प्रकाशन गर्न आग्रह समेत गरेको छ । 


    images
    images

    Logo