images
images

३ सय थान ग्याससहित चीनबाट अक्सिजन आयात


  • 269
    SHARES
  • २०७८ आश्विन १८ गते सोमबार

    ३ सय थान ग्याससहित चीनबाट अक्सिजन आयात

    काठमाडौं । रसुवा जिल्लाका बासिन्दालाई स्वास्थ्य उपचारमा सहज पार्न चीन सरकारले ३ सय थान अक्सिजनलगायत स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
             
    चीनको केरूङस्थित जिलुङ कन्टिका अधिकारीले रसुवावासीको सहयोगार्थ सानाखाले (पोटेबल) ३ सय थान ग्याससहितका अक्सिजन सिलिन्डर प्रदान गरेको हो । प्राप्त भएका अक्सिजन सिलिन्डर सुरक्षाका हिसाबले जिल्ला प्रहरी कार्यालयमा भण्डारण गरिएको र अस्पताललगायत आवश्यक स्थानमा तुरून्तै पु¥याउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए ।
     
    यस्तै चिनियाँ अधिकारीले अक्सिजन सिलिण्डरलगायत केही मात्रामा मास्क, पीपीई तथा सेनिटाइजरसमेत प्रदान गरेको छ । जिल्लामा अक्सिजनको सहज व्यवस्थापन भइसकेकाले अबका दिनमा कुनै पनि बिरामी आत्तिनु नपर्ने बताइएको छ । 
          
    विगतमा कोभिडको सङ्क्रमण सुरूभन्दा अगाडि आठ÷दश वटा मात्र अक्सिजन सिलिन्डर रहेको जिल्लामा आन्तरिक व्यवस्थापन एवं चिनियाँ सहयोगसमेतले ४००  सिलिण्डर व्यवस्थापन भइसकेको छ ।  
             
    अक्सिजनको व्यवस्थापनले श्वासप्रश्वास एवं लेक लागेका बिरामीलाई उपचार सेवा दिन सहज हुँदै गएको चिकित्सकले बताएका छन् । 

    जिल्लामा दुई अस्पताल, १८ स्वास्थ्य चौकी र दर्जनौँ सामुदायिक स्वास्थ्य एकाइ रहेका छन् । करिब ४३ हजार यहाँका बासिन्दालाई यी स्वास्थ्य संस्थाले सेवा प्रदान गरिरहेका छन् ।


    images
    images

    Logo