काठमाडौं । यातायात व्यवसायीहरुले भाडा समायोजनको माग गर्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आन्दोलन गरेका छन् । व्यवसायीहरु सार्वजनिक गाडीबीच सडकमा तेर्साएर आन्दोलनमा उत्रिएका हुन् ।
प्रदेश सरकारले भाडा समायाेजन नगरेको भन्दै यातायात व्यवसायीहरुले आन्दोलन गरेका हुन् । आन्दोलनका कारण उपत्यकाको रिङरोड, चाबहिल, जोरपाटी लगायतका क्षेत्र प्रभावित भएका छन् । त्यस्तै कार्यलय तथा गन्तव्यमा समयमा पुग्नपर्ने यात्रुहरु मारमा परेका छन् ।