images
images

प्रभु क्यापिटलले ल्यायो दशैं तिहार, डबल धमाका अफर


  • 447
    SHARES
  • २०७८ आश्विन १८ गते सोमबार

    प्रभु क्यापिटलले ल्यायो दशैं तिहार, डबल धमाका अफर

    काठमाडौं । प्रभु क्यापिटलले बडा दशैं तिहार तथा छठपर्वको उपलक्ष्यमा डबल धमाका अफर सञ्चालनमा ल्याएको छ । 

    क्यापिटलले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै निम्नानुसारको योजना अगाडि सारेको छ । 

    प्रभु क्यापिटलको डबल धमाका अफरः

    प्रभु क्यापिटलमा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्दा निःशुल्क शेयर बजार सम्बन्धी विशेषज्ञ तालिम प्रदान गरिने जनाएको छ । 
    प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्ने मध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यो योजना अन्तरगत छनौट गरिनेछ । यसरी छनौट भएका भाग्यमानी ग्राहकहरुलाई खाता खोलीसके पछि रु. १९९ मा २५ प्रतिशत टिडिएस कट्टि गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिने जनाएको छ ।

    साथै यसरी दैनिक छनौट भएका १० जना भाग्यमानी ग्राहकहरुलाई प्रत्येक साता शनिबारको दिन पारेर साताभरीबाट छनौट भएका ७० जना ग्राहकहरुलाई शेयर बजारसम्बन्धी आधारभुत तालिम प्रदान गर्नेछ । जसमा नेपालको शेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारी सहित बेसिक फण्डामेन्ट तथा टेक्निकल विश्लेषण, सेकेण्डरी बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने विषय सम्बन्धी विषयवस्तुहरु रहनेछन । यस्तो तालिम २ घण्टा देखि ३ घण्टाको हुने जनाएको छ । 

    यस योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेवसाइटबाट अनलाइनमाध्यमबाट डिम्याट खाताको लागि आवेदन दिनुपर्नेछ । 

    रकम फिर्ता लिनको लागि ग्राहकले इसेवा, प्रभु पे, आइएमई पे लगायत स्वीकृत प्राप्त कुनै पनि वालेट प्रदान गर्नुपर्नेछ । 
    यो योजनाको अवधि असोज १८ गते देखि कार्तिक २५ गते सम्म हुनेछ । 

    यो योजनाको अन्त्यमा योजना अवधिभरी खुलेका सबै डिम्याटहरु मध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पिएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क रहनेछ । 

    दैनिक विजेताहरुको सूची १ दिन पछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गरिने जनाएको छ । 

     


    images
    images

    Logo