भक्तपुर । मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन सहकारीको अहम भूमिका रहेको बागमती प्रदेशका उद्योग, पर्यटक, वन तथा वातावरण राज्यमन्त्री सरस्वती वाटीले बताउनुभएको छ ।
शंखधर बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारणसभाको शनिबार मध्यपुर थिमिमा उद्घाटन गर्दै उहाँले भन्नु भयो – ‘बचत व्यवस्थापन गरेर अगाडि बढ्न सकेको खण्डमा अवश्य नै हाम्रो आर्थिक अवस्था राम्रो हुने छ ।’
कार्यक्रममा बागतमी प्रदेशका सदस्य प्रतिमा श्रेष्ठले शंखधर सोकोसको स्थापनादेखि हालसम्म समाज परिवर्तनमा निकै योगदान पु्याउन सकेको उल्लेख गर्नुहुँदै सहकारीले ज्येष्ठ नागरिक, एसईई पास गरेका विद्यार्थी, गरिब विद्यार्थीलाई प्रदान गरेको छात्रवृत्ति जस्ता कार्यको प्रशंशा गर्नुभयो ।
अहिलेसम्म मध्यपुर थिमिमा पर्यटक भित्राउनेतर्फ कुनै योजना नगरिएको र पर्यटकबाट एक रुपैयामा आम्दानी गर्न नेकेको औंल्याउनुहुँदै उहाँले यहाँका मठमन्दिर, पाटी पौवा, कला संस्कृति, जात्रा पर्वहरुको प्रचाप्रसार गरी पर्यटकलाई आकर्षण गर्न अब सहकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका राज्यमन्त्री वाटी प्रदेश सदस्य श्रेष्ठले संस्थाका सदस्यहरु पुरुष तर्फ ज्येष्ठ नागरिक काजीबहादुर मानन्धर, महिला तर्फ ज्येष्ठ नागरिक राजमाया मकै प्रजापति, सदस्यका छोराछोरी मध्ये एसईई परीक्षामा सर्वोकृष्ट अंक हासिल गर्ने ६ जना विद्यार्थी, आदर्श मावि लायकू, बालप्रेमी मावि बालकुमारी, गणेश मावि नगदेशका एक–एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रममा शंखधर बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रामसुन्दर श्रेष्ठ, सचिव लक्ष्मीभक्त (राजु) श्रेष्ठ, कोषाध्यक्ष रामबहादुर श्रेष्ठ, लेखा सुपरीवेक्षण समितिका संयोजक रत्नसुन्दर श्रेष्ठले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको उपाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण संस्था लि. भक्तपुरका सदस्य पञ्चकृष्ण श्रेष्ठ, जिल्ला सहकारी संघका सुलोचना दवाल, स्फेकका अध्यक्ष हिरारत्न वज्राचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
शंखधर बचत तथा ऋण सहकारी संस्था तीन हजार २ सय सदस्यबाट नियमित बचत, क्रमिक आवधिक बचत, बाल बचत, खुत्रके बचत, मासिक बचत, समृद्धि बचत, शंखधर बचत, ऐतिक बचत, कर्मचारी बचत, आवधिक नारी बचत, ज्येष्ठ नागरिक बचत, सदस्य राहत बचतलगायतका शिर्षकबाट रु. ३८ करोड ५२ लाख २३ हजार ३१५ संकलन गर्न सफल भएको छ ।
यसैगरी घर जग्गा व्यवसाय ऋण, व्यापार व्यवसाय ऋण, सुविधा ऋण, घर निर्माण ऋण, वैदेशिक रोजगार ऋण, कृषि ऋण, जग्गा खरिद ऋण, सामाजिक ऋण, स्वास्थ्य ऋण शिक्षा, ऋण र सेयर ऋण शिर्षकमा रु. ३१ करोड १७ लाख ७४ हजार ११६ ऋण लगानी गरेको छ ।
ती विभिन्न शिर्षकमा गरिएको ऋण लगानीबाट यस वर्ष ९४ लाख १९ हजार २ सय १५ मुनाफा गर्न सफल भएको छ ।
साकोसमा दिगो रुपमा व्यवस्थित तरिकाले सञ्चालन गर्न विभिन्न १० वटा नीति तथा ६ वटा कार्यविधि बनाइ सञ्चान गरिरहेको छ ।



