images
images

एकै महिनामा नेपाल भित्रिए ८९ करोड ७० लाखका विद्युतीय सवारी साधन


  • 488
    SHARES
  • २०८१ भाद्र १२ गते बुधबार

    एकै महिनामा नेपाल भित्रिए ८९ करोड ७० लाखका विद्युतीय सवारी साधन

    काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा मात्रै ३८१ वटा विद्युतीय सवारी साधन आयात भएको छ । भन्सार विभागका अनुसार साउनमा ८९ करोड ७० लाख २१ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएको हो । जुन गत आर्थिक वर्षकाे साउन महिनाको तुलनामा ५५ करोड ६४ लाख रूपैयाँले बढी हो ।

    गत आर्थिक वर्षको साउनमा ११० वटा मात्रै विद्युतीय सवारी साधन आयात भएको थियो । विभागका अनुसार ३४ करोड ६ लाख रुपैयाँको सवारी साधन आयात भएको थियाे । चालु आर्थिक वर्षको साउनमा सबैभन्दा बढी ५१ किलोवाटदेखि सय किलोवाटसम्मको ५८ करोड ६८ लाख रुपैयाँको सवारी साधन आयात भएको छ। विभागका अनुसार २८ करोड ९८ लाख रुपैयाँ बराबरको १६१ वटा ५० किलोवाटसम्मका क्षमताका विद्युतीय सवारी आयात भएको हो ।

    २०१ किलोवाटदेखि तीन सय किलोवाट क्षमताका २ वटा सवारी साधन आयात गरिएको छ । विभागका अनुसार १०१ किलोवाटदेपखि २ सय किलोवाटसम्मका र ३०० किलोवाटभन्दा बढी क्षमताका एउटा मात्रै सवारी साधन आयात भएको छ । नेपालमा भारत र चीनबाट धेरै विद्युतीय सवारी साधन भित्रने गरेको छ । यस्तै जर्मनीबाट पनि विद्युतीय सवारी साधन भित्रिएको विभागकाे तथ्यांक छ ।


    images
    images

    Logo