images
images

यतीको दशैं धमाका, स्कुटरदेखि हिरा जित्ने मौका


  • 335
    SHARES
  • २०७८ आश्विन १७ गते आइतबार

    यतीको दशैं धमाका, स्कुटरदेखि हिरा जित्ने मौका

    काठमाडौं । यती एअरलाइन्सले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्ना यात्रुहरुका लागि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । एअरलाइन्सले धमाकेदार दशैँ तिहार योजना अन्तर्गत यात्रुहरुले स्कुटरदेखि हिरासम्मका उपहार प्राप्त गर्न सक्ने जनाएको छ । 

    उक्त अभियानमा प्रथम विजेतालाई यमाहाको फसिनो १२५ एफ आई स्कुटर, दोस्रो विजेता एक जोडीका लागि दुबई जानेआउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने एअरलाइन्सले बताएको छ । यो योजना असोज २१ देखि कार्तिक २४ गतेसम्म यती एअरलाइन्स मार्फत् उडान गर्ने सम्पूर्ण यात्रुहरुमा लागु हुने जनाएको छ  । 

    अग्रीम टिकट बुकिङ्ग गरी यसै समयावधिमा उडान गर्ने सम्पूर्ण यात्रुहरुलाई पनि यो योजना लागू हुने कम्पनीले जनाएको छ । ३४ दिनसम्म चल्ने यस धमाकेदार दशैं तिहार योजना अन्तर्गत प्रथम पुरस्कारको प्रायोजन यमाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज, दोस्रो पुरस्कार सस्तो टिकट अनलाइन ट्राभल एजेन्सी र तेस्रो पुरस्कार श्री बालाजी डाइमण्डले प्रायोजन गरेकोे हो । 

    हर्षोल्लासका साथ मनाइने नेपालीहरुको महान चाडहरुमा यती एअरलाइन्समार्फत् यात्रा गर्नेे सम्पूर्ण यात्रुलाई लक्षित गरेर यो योजना सञ्चालन गर्न लागिएको र यात्रुहरुले पनि आरामदायी र सुरक्षित यात्रासँगै उपहार प्राप्त गरी खुसी साटासाट गर्न सकून भन्ने उद्देश्य रहेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए  । 

    यो अफरमा सहभागी हुनका लागि यती एअरलाइन्सका यात्रुहरुले यात्रा अघि विमानस्थलमा चेक–ईन गर्दा बोर्डिङ पाससँगै प्राप्त गर्ने ‘लक्की ड्र’ कुपन भरेर ड्रप बक्समा खसाल्नु पर्नेछ । एकतर्फी यात्रा गर्दा १ वटा मात्र कुपन पाइने छभने सोही अवधिका लागि एकैपटक दुईतर्फी टिकट काटेर यात्रा गर्दा एकतर्फी मै २ वटा कुपन पाइने बताएको छ । अर्थात् एकैपटक दुइतर्फी टिकट लिएर यात्रा गर्दा एकैजनाले ४ वटा ‘लक्की ड्र’ कुपन पाउने छन् । ‘‘यती एअरलाइन्सको जहाजबाट जतिधेरै यात्रा गर्नुहुन्छ, त्यति नै धेरै उपहार जित्ने सम्भावना रहने छ ।’’ प्रवक्ता बर्तौलाले बताए । 

    असोज २१ देखि कार्तिक २४ सम्म भरिएका कुपनहरुलाई संकलन गरी गोलाप्रथा मार्फत् प्रथम, द्वितीय र तृतीय विजेता छुट्याइने र यसको जानकारी आफ्ना सोसल मिडियामार्फत् सार्वजनिक गरिने यती एअरलाइन्सले जनाएको छ ।

    हाल यतीले ५ वटा एटिआर–७२ विमान मार्फत् विभिन्न ८ वटा गन्तव्यहरुमा उडान भर्दै आएको छ । 

     


    images
    images

    Logo