images
images

देशका अधिकांश स्थानमा इन्टरनेट अवरुद्ध, क्यान महासंघद्वारा खेद प्रकट


  • 372
    SHARES
  • २०७८ आश्विन १७ गते आइतबार

    देशका अधिकांश स्थानमा इन्टरनेट अवरुद्ध, क्यान महासंघद्वारा खेद प्रकट

    काठमाडौं  । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत् प्राधिकरण (एनईए) ले तार काट्दा अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको हो। एनईएले इन्टरनेट सेवा प्रवाहमा पुर्याएको अवरोधप्रति कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले खेद प्रकट गरेको छ । 

    विद्युत प्राधिकरणले अत्यावश्यक सेवा इन्टरनेटमा काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा अवरोध गरेको भन्दै क्यान महासंघले आइतवार खेद ब्यक्त गरेको हो । क्यानले आज विज्ञप्ति जारी गरी विद्युत् प्राधिकरणले नियोजित रुपमा काठमाडौँ,  बुटबल, विराटनगर, धरान, भरतपुर, ताप्लेजुङ, खाडीचौर, धनगढी,  धनकुटा लगायतका स्थानमा इन्टरनेट सेवा अवरुद्ध गरेकोमा निन्दा गरेको हो ।  

    सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा ९१०० को अधिकार प्रयोग २०७८ साल जेठ १७ गतेदेखि इन्टरनेट सेवालाई समेत अत्यावश्यक सेवामा पारेको तथा अत्यावश्यक सेवामा रहेको क्षेत्रमा हडताल निषेध गरेकामा वर्तमान अवस्थामा इन्टरनेट सेवा हडतालका कारण नभई अन्य संस्थाका गतिविधिका कारण व्यवधान हुन पुगेको क्यानले उल्लेख गरेको छ ।

    क्यानका महासचिव नारायण थापाले जारी गरेका विज्ञप्तिमा बिद्युत प्राधिकरणले बढाएको पोलभाडा अनुसार पुर्वाधारको लागत बढ्न गई  इन्टरनेट सेवा प्रवाहमा प्रतिग्राहक १ सय ५० देखि ३  सय रुपैयाँसम्म शुल्क बढ्ने हुँदा सम्वन्धित निकायहरुलाई परिणाम उन्मुख छलफलको निम्ति आह्वान गरिएको छ । 

    त्यस्तै, क्यानले प्रधानमन्त्री एवं सञ्चार मन्त्री र सञ्‍चार मन्त्रालयलाई प्रत्यक्ष रुपमा अभिभावकीय एवं नेतृत्वदायी भुमिकाका निम्ति अनुरोध गरेको छ । 

     


    images
    images

    Logo