images
images

नेपालबाट एकै महिनामा चार अर्ब १९ करोडको विद्युत् निर्यात


  • 388
    SHARES
  • २०८१ भाद्र ११ गते मंगलबार

    नेपालबाट एकै महिनामा चार अर्ब १९ करोडको विद्युत् निर्यात

    काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा चार अर्ब १९ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी चार अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ । 

    साउनमा दैनिक १३ करोड ११ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको हो । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले साउन महिनामा विद्युत् बिक्रीबाट दुई अर्ब ६२ करोड १२ लाख ३ हजार भारु आम्दानी भएको छ । साउनमा निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ८ रुपैयाँ ५१ पैसा रहेको प्राधिकरणले जनाएकाे छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षायामका महिनामा देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक सात सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्था रहेको बताए । 


    images
    images

    Logo