images
images

लागूऔषध गाँजा र सुन जस्तो देखिने धातु सहित २ जना पक्राउ 


  • 333
    SHARES
  • २०७८ आश्विन १७ गते आइतबार

    लागूऔषध गाँजा र सुन जस्तो देखिने धातु सहित २ जना पक्राउ 

    काठमाडौ । लागूऔषध गाँजा र सुन जस्तो देखिने पहेँलो धातु सहित २ जना पक्राउ परेका छन् । 

    काठमाडौं महानगरपालिका–१४ कलंकी ढुङ्गेअड्डा पुलबाट ५० ग्राम सुनको जस्तो देखिने पहेँलो धातुको बाला सहित नवलपरासी पूर्व कावासोती नगरपालिका–८ बस्ने पाल्पा चिडापानी–३ घर भएका ४८ वर्षीय बिनोद गिरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त धातुको सहित फेला पारी पक्राउ गरेको हो । 

    अवैध लागूऔषध गाँजा सहित पक्राउ 

    पोखरा महानगरपालिका–३० पावर हाउस चोकबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका–८ बस्ने पाल्पा माछागढी गाउँपालिका–१ घर भएका २१ वर्षीय अजय घर्ती मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

    काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा।१ ख ९७१५ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । 

     


    images
    images

    Logo