images
images

पाेलभाडा विवादले दुई प्राधिकरणबीच टकराव, एनईएलाई कारवाही गर्ने एनटीएकाे चेतावनी


  • 410
    SHARES
  • २०७८ आश्विन १७ गते आइतबार

    पाेलभाडा विवादले दुई प्राधिकरणबीच टकराव, एनईएलाई कारवाही गर्ने एनटीएकाे चेतावनी

    काठमाडौँ । नेपाल बिद्युत प्राधिकरण ( एनईए) ले देशका विभिन्न स्थानमा अप्टिकल फाइवर काटेर इन्टरनेट सेवा अवरुद्ध पारिदिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले कारवाही गर्ने चेतावनी दिएको छ ।

    विद्युत प्राधिकरणका कारण देशका बिभिन्न भागमा जथाभावी रुपमा अप्टिक फाइवर काटी इन्टरनेट सेवा अवरुद्ध भएकाले दुरसञ्चारले गम्भिर ध्यानाकर्षण गरेको हो । दूरसञ्चारले   सेवा अवरुद्ध गर्ने जो कोहिलाई पनि दूरसंचार ऐन, २०५३ अनुसार कारवाही हुने चेतावनी दिएको छ । 

    'इन्टरनेट सेवा प्रदायक संघ नेपाल र नेपाल विद्युत प्राधिकरणबीच पोल भाडादर विवाद समाधान गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, यस प्राधिकरण, नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघबीच छलफल गरी विभाग समाधान गर्ने प्रयास भइरहेको अवस्थामा अप्टिकल फाइबर काट्दा राज्यको अतिआवश्यक सेवा अवरुद्ध पारिएको छ। कसैले पनि यस्तो सेवा अवरुद्ध गरेमा दूरसञ्चार ऐन २०५३ अनुसार दण्डनीय हुने व्यवस्था छ,’ सूचनामा भनिएको छ। 

    अन्तत: आपसी छलफलबाट समस्याको समाधान गर्न दूरसञ्चारले विधुत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संघ नेपाल र सवै पक्षमा आह्वान समेत गरेको छ । 


    images
    images

    Logo