images
images

पोलभाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको सांकेतिक कारबाही


  • 298
    SHARES
  • २०७८ आश्विन १६ गते शनिबार

    पोलभाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको सांकेतिक कारबाही

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पोलभाडा नतिर्ने इन्टरनेट सेवा प्रदायकको तार काट्न थालेको छ । प्राधिकरणले इन्टरनेट सेवा प्रदायकले पोल प्रयोग गरेबापत तिर्नुपर्ने भाडा बढाएर तिर्न १५ गतेसम्मको समय दिएको थियो । यो अवधिमा रकम नतिर्नेको तार काट्न सुरु गरिएको प्राधिकरणले जनाएको छ । 

    पछिल्लो समय प्राधिकरण र इन्टरनेट सेवाप्रदायक कम्पनीबीच विवाद भइरहेको छ । प्राधिकरणले अव्यवस्थित तार व्यवस्थित बनाउने भन्दै पोल भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । तर, प्राधिकरणले एकलौटी रुपमा बढाएको पोलभाडा नतिर्ने भन्दै इन्टरनेट कम्पनीहरुले अडान लिइरहेका छन् ।

    प्राधिकरणले देशभर रहेका आफ्ना १२९ वितरण केन्द्रमार्फत हरेक ठाउँमा सांकेतिक रुपमा तार काटेको हो । प्रत्येक वितरण केन्द्रले व्यवसायीलाई तर्साउने गरी एक/एक तार मात्रै काटेका छन् । काठमाडौं उपत्यकाका १० वटा वितरण केन्द्रमार्फत पनि एक/एक वटा तार काटिएको प्राधिकरणले बताएको छ ।


    images
    images

    Logo