images
images

२ लाख ६० हजार अनियमितता आरोप, गाउँपालिका अध्यक्षसहित ५ जना अख्तियारको फन्दामा


  • 338
    SHARES
  • २०७८ आश्विन १६ गते शनिबार

    २ लाख ६० हजार अनियमितता आरोप, गाउँपालिका अध्यक्षसहित ५ जना अख्तियारको फन्दामा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरका एक गाउँपालिका अध्यक्षमाथि भ्रष्टाचार मुद्दा चलाइएको छ । मकवानपुरको कैलाश गाउँपालिकाबा अध्यक्ष टंकबहादुर मोक्तानमाथि आधारभूत पत्रकारिता र युवा क्षमता विकास तालिममा अनियमितता गरेको भन्दै मुद्दा विशेष अदालत काठमाडौंमा मुद्दा चलाएको हो । सो कार्यक्रम सञ्चालन गरेबापत अध्यक्षले तोकिएभन्दा २ लाख ६० हजार रुपैयाँ बढी भुक्तानी लिएको अख्तियारको आरोप छ । 

    उनीसँगै कार्यक्रम सञ्चालन गर्ने फिलिङ्गो मिडियाका सञ्चालक राम कुमार रिजाल, गाउँपालिकाका तात्कालिन प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर कुसारी र  लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापा मगर र सामाजिक विकास अधिकृत मोहन प्रसाद पौडेल विरुद्ध समेत सोही आरोपमा मुद्दा चलाइएको छ । 

     


    images
    images

    Logo