images
images

गोपालचन्द्र सिग्देल सचिवमा बढुवा, अरु यस्ता छन् मन्त्रिपरिषद्का निर्णय


  • 356
    SHARES
  • २०७८ आश्विन १४ गते बिहीबार

    गोपालचन्द्र सिग्देल सचिवमा बढुवा, अरु यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

    काठमाडौं । प्रा. गोपालचन्द्र सिग्देल सचिवमा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव सिग्देललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । 

    आजको मन्त्रिपरिषद् बैठकले चार विषयमा निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार संगठन (डब्ल्यूटिओ)को १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन स्वीकृत दिने निर्णय गरिएको छ । 

    यस्तै बैठकले इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्वीकृत दिने निर्णय गरेको उनले बताए । यसैगरी विभिन्न मन्त्रालय अन्तर्गतका विकास आयोजनाहरुका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । 


    images
    images

    Logo