images
images

साउनमा बढ्यो घरजग्गा कारोबार, राजस्व संकलनमा पनि करिब एक तिहाईको वृद्धि


  • 470
    SHARES
  • २०८१ भाद्र २ गते आइतबार

    साउनमा बढ्यो घरजग्गा कारोबार, राजस्व संकलनमा पनि करिब एक तिहाईको वृद्धि

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा घरजग्गाको कारोबार बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा यसपटक घरजग्गाको कारोबार ११.६४ प्रतिशतले बढेको हो । 

    गत आर्थिक वर्ष २०८०/८१ को साउन महिनामा ३९ हजार २६३ वटा लिखतपारित भएका थिए । उक्त संख्यामा यसपटक ११.६४ प्रतिशतले बढेर ४३ हजार ८३५ पुगेको छ । 

    कारोबारसँगै राजस्व संकलनमा पनि करिब एक तिहाईले वृद्धि भएको छ । गत आर्थिक वर्षको साउनमा घरजग्गाको कारोबारवापत २ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । जुन, यसपटक बढेर ३ अर्ब ८३ करोड रुपैयाँ पुगेको तथ्यांकमा जनाइएको छ । 

    साउन महिनामा भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट सबैभन्दा धेरै लिखतपारित भएको छ । उक्त कार्यालयबाट १ हजार ९०४ लिखतपारित भएको तथ्यांकमा जनाइएको छ । त्यस्तै, भूमिसुधार तथा मालपोत कार्यालय राजविराज, बेलवारी, भद्रपुर, जनकपुरधाम र मलंगवाबाट पनि हजार भन्दा धेरैवटा लिखतपारित भएका छन् । 

     


    images
    images

    Logo