images
images

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


  • 293
    SHARES
  • २०७८ आश्विन १४ गते बिहीबार

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं ।  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–६ बस्ने ६७ वर्षीय नारायण भक्त संगतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

    उच्च अदालत पाटनबाट २०७७ माघ २७ गते उक्त मुद्दामा ५ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–७ सिफलबाट पक्राउ गरेको हो । 

    आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी सिटिजन्स बैंकको चेक काटी दिई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले नारायणलाई उक्त फैसला गरेको थियो । 

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ । 

     


    images
    images

    Logo