images
images

उद्योगीलाई कुलमानको सुझाव : धेरै विद्युत् खपत गर्नुस्, डिमाण्ड शुल्क घटाउनुस्


  • 380
    SHARES
  • २०७८ आश्विन १४ गते बिहीबार

    उद्योगीलाई कुलमानको सुझाव : धेरै विद्युत् खपत गर्नुस्, डिमाण्ड शुल्क घटाउनुस्

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपत बढाउने उद्देश्यले औद्योगिक ग्राहकको डिमाण्ड शुल्क बढाएको बताएका छन् । नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको विद्युत् महशुलबारे विद्युत् नियमन आयोगले गरेको सार्वजनिक सुनुवाइका क्रममा उनले धेरै विद्युत् खपत गर्ने ग्राहकका लागि प्रतिइकाइ विद्युत् लागत कम गर्ने भन्दै विद्युत् खपत बढाउन उद्योगीलाई सुझाव दिए । 

    अहिले प्राधिकरणले प्रस्ताव गरेको नयाँ मूल्य अनुसार औद्योगिक ग्राहकको डिमाण्ड शुल्कमा भारी वृद्धि गरिएको छ । यो महशुलबारे उद्योगीहरुले आपत्ति जनाइसकेका छन् । उनीहरुले डिमाण्ड चार्ज बढाएर प्राधिकरणल औद्योगिक वातावरण बिगार्न खोजेको भन्दै उर्जामन्त्री पम्फा भुसालको ध्यानाकर्षण समेत गराइसकेका छन् । तर, घिसिङले भने यसलाई खपत बढाउने प्राधिकरणको रणनीतिको रुपमा यसलाई अर्थ्याएका छन् । 

    घिसिङले उद्योगीहरुलाई १३२ केभीए प्रसारण्ण लाइनको ग्राहक बन्न समेत आग्रह गरे । यसो गर्दा विद्युत् लागत सस्तो हुने समेत उनको दाबी छ । अहिले प्रसारण लाइन र उद्योगबीच तादम्यता मिल्न नसक्दा विद्युत्मा वितरण तथा मूल्यमा समस्या आएको समेत उले बताए । 

    आयोगले सार्वजनिक रुपमा उठ्ने सुझावलाई समेटेर प्राधिकरणको मूल्य प्रस्तावलाई अन्तिम रुप दिनेछ । योसँगै विद्युत्को नयाँ मूल्य लागु हुनेछ । 

    प्राधिरकणले यसअघि अघिल्लो वर्ष विद्युत्को मूल्य समायोजन गरेको थियो । त्यसभन्दा अघि २०७३ साल, २०६९ साल र २०५९ सालमा विद्युत्को मूल्य समायोजन गरेको हो । विद्युत् क्षेत्रको नियमनको लागि आयोग गठन भएपछि आयोगले हरेक वर्ष महशुल दर समायोजन गर्ने व्यवस्था गर्न थालेको हो । 


    images
    images

    Logo