काठमाडौं । अवैध लागूऔषध र चितुवाको छाला सहित ३ जना पक्राउ परेका छन् ।
बुधबार दिउँसो प्रहरीले गुल्मीको छत्रकोट गाउँपालिका–३ लुम्छा बजारस्थित घिमिरे होटल एण्ड लजबाट २ थान चितुवाको छाला सहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही गाउँपालिका(२ भेडवा बस्ने २७ वर्षीय सुमन खनाल र सोही ठाउँ बस्ने ३१ वर्षीय हरि बहादुर सार्की रहेका छन् । उक्त होटल एण्ड लजमा चितुवाको छालाको अबैध कारोबार हुँदैछ भन्ने खबर प्राप्त हुनासाथ लुम्बिनी प्रदेश ब्यूरोबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा उक्त होटलको कोठामा लुकाई राखेको उक्त छाला सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
अवैध लागूऔषध सहित पक्राउ
धनुषा । थिला नगरपालिका–६ डेरा गरी बस्ने सोही गाउँपालिका–४ घर भएका ३५ वर्षीय सुरेखा यादवलाई नियन्त्रित लागूऔषध स्पास्मो, भोमाइन समेत गरी २ हजार २ सय २० पिस र १ सय ९० ग्राम अवैध लागूऔषध गाँजा सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनको कोठामा अवैध रुपमा लागूऔषध बिक्री तथा संचित गरी राखेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कोठामा लुकाई राखेको उक्त लागूऔषध सहित उनलाई पक्राउ गरेको हो ।



