images
images

एसिड प्रहार मुद्दाका फरार प्रतिवादी पक्राउ     


  • 322
    SHARES
  • २०७८ आश्विन १४ गते बिहीबार

    एसिड प्रहार मुद्दाका फरार प्रतिवादी पक्राउ     

    पर्सा । एसिड प्रहार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–२ छप्कैया बस्ने रौतहट परोहा गाउँपालिका–७ घर भएका १९ वर्षीय समशाद मियाँ रहेका छन् ।  बुधबार प्रहरीले उनलाई पक्राउ गरेको हो  । 

    ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्ने सम्बन्धि कसूरमा तत्काल १७ वर्षीय उनलाई पर्सा जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि बालसुधार गृह पठाएकोमा कोभिड–१९ को प्रकोपका कारण २०७६ चैत ११ गतेको सोही अदालतकै आदेशले संरक्षकको जिम्मा लगाएकोमा पुनस् सोही अदालतको २०७७ फागुन २६ गतेको फैसलाले बाँकी कैद ५ महिना १६ दिन पुनस् बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–२ ईदगाहबाट फेला पारी पक्राउ गरेको हो । 

    २०७६ भदौ २० गते बिहान वीरगंज महानगरपालिका–४ गणेशमान चोकस्थित सार्वजनिक सडकमा १५ वर्षीया बालिकालाई एसिड प्रहार गरेको घटनामा उनी संलग्न रहेका थिए । 


    images
    images

    Logo