images
images

बिपिन, शङ्कर र बिष्णु बने ग्यापु टिकटक हिरोज


  • 277
    SHARES
  • २०७८ आश्विन १४ गते बिहीबार

    बिपिन, शङ्कर र बिष्णु बने ग्यापु टिकटक हिरोज

    काठमाडौं । नेपाली ई ( कमर्स कम्पनी ग्यापु मार्केटपेसले सन्चालन गरेको ग्यापु टिकटक हिरोजु को टाइटल उपाधी बिपिन श्रेष्ठले प्राप्त गरेका छन् । प्रतियोगितामा शङ्कर खनाल दोश्रो र बिष्णु पाण्डे तेस्रो भए ।

    प्रतियोगितामा बिजेताले एक लाख रुपैयाँको नगद,  दोस्रो र तेस्रो हुने सहभागीले क्रमशः ५१ हजार र २६ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै उत्कृष्ट ५० भित्र पर्न सफल सहभागीहरुले भने विभन्न गिफ्ट ह्याम्परहरु प्राप्त गरेको ग्यापुका अपरेसन हेड सुरजनी केसीले बताइन्  ।

    सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै यस अवसरमा धेरै राम्रा राम्रा भिडियोहरू बनाएका थिए । सबैजनाले आ(आफ्नै हिसाबको भिडियो बनाउने छुट दिइएको थियो । कार्यक्रममा करिब ५ हजार ६ सयले आफ्नो भिडियो मार्फत आवेदन दर्ता गरेका थिए ।

    यस अगाडी टप पच्चीस अन्तरगत बिक्रम फुयाल, शङ्कर खनाल, बिबश घिमिरे, शिव पौडेल, बिपिन श्रेष्ठ, निरज खड्का, बिष्णु पाण्डे, ललाना चिमरिया, डिमोन क्षेत्री, सौर्य भेटवाल, पवित्रा राई, अंशुल डाँगी, सिम्पल स्टार, बबि कुमाल, उषा नेपाल, फुडि गर्ल, ढुकुरे डन, आर्सद हुसेन, मन्दिप मिश्र, शयाना लुइँटेल, पूजा पाण्डे, हिमसागर ढकाल, इल्भिस क्षेत्री, विशाल श्रेष्ठ र श्रेया श्रेष्ठ छनौट भइ पोखराको कल्चर रिसोर्टमा क्लोज क्याम गरि ग्राण्ड फिनाले आयोजना गरिएको थियो ।

    ग्यापुको आधिकारीक टिकटक अकाउन्ट पोस्ट भएका मध्ये जसको भिडियोमा सबैभन्दा धेरै लाइक र भिउ भएको भिडियो अनुसार उत्कृष्ट छनौट गरेको बताइएको छ। यो कार्यक्रमको सफलता सँगै अर्को बर्ष कार्यक्रमको दोश्रो सिजन आयोजना हुने ग्यापुका बिजनेस डेभलपमेन्ट हेड अभिमन्यु शर्माले बताए।


    images
    images

    Logo