images
images

ईडिभि भिषाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ३ जना पक्राउ


  • 405
    SHARES
  • २०७८ आश्विन १३ गते बुधबार

    ईडिभि भिषाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ३ जना पक्राउ

    काठमाडौं । ईडिभि भिषाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ३ जनालाई काठमाडौंका विभिन्न स्थानबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४  कलंकी बस्ने चितवन भरतपुर महानगरपालिका(२९ जुगेडी वतन भएका ३६ वर्षीय जीवन कार्की, चितवन खैरेनी नगरपालिका(३ वतन भएका ३१ वर्षीय नविन दराई र काठमाडौं कोटेश्वर बस्ने रौतहट चन्द्रपुर नगरपालिका–९ सिंदुरेघारी बस्ने ३२ वर्षीय शिव रोक्का रहेका छन् । 

    नेपालस्थित अमेरिकी दूतावासमा ईडिभि २०२१ को नतिजामा नाम निकाली भिषा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिहरुले भिसा प्रयोजनको लागि १०ं२ को नक्कली शैक्षिक प्रमाणपत्र  पेश गरेको भन्ने अमेरिकी दूतावासको सूचनाको आधारमा नबिन र शिवलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । 

    थप अनुसन्धानको क्रममा नबिनसँग जिबनले १ लाख ७० हजार रुपैयाँ लिई उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाई दिएको खुल्न आएपछि उनलाई समेत प्रहरीले काठमाडौं कलंकीबाट पक्राउ गरेको हो । 
    उनीहरूलाई लिखत सम्बन्धि कसूर मुद्दामा आवश्यक अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको उक्त महाशाखाले जनाएको छ ।


    images
    images

    Logo