images
images

युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा ३ जना पक्राउ  


  • 829
    SHARES
  • २०७८ आश्विन १३ गते बुधबार

    युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा ३ जना पक्राउ  

    काठमाडौं । युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् ।  
     
    प्रहरीले महिलाको चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटो सहितको विवरण युट्युव च्यानलमार्फत प्रसारण गरेको अभियोगमा बुधबार पक्राउ गरेको हो । 

    पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका संचालक काठमाडौं गोकर्णेश्वर बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१७ मिमुवा घर भएका २१ वर्षीय प्रदिप भण्डारी, हरेक पलको खबर युट्युव च्यानलका संचालक काठमाडौं नेपालटार बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका–२ चोकदे घर भएका २७ वर्षीय शिशिर अधिकारी, साराचुलि मिडिया युट्युव च्यानलका संचालक काठमाडौं पेप्सिकोला बस्ने मोरङ वेलवारी नगरपालिका–९ घर भएका ३५ वर्षीया पिंकला कार्की र मोर्डन अनलाईन टिभि युट्युब च्यानलका संचालक काठमाडौं गोकर्णेश्वर बस्ने २४ वर्षीय रोधन तमाङ रहेका छन् । 

    विभिन्न युट्युव च्यानल संचालन गरी उक्त च्यानलहरुमार्फत पीडित महिलाको तस्बिर सहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्या ई नीजप्रति घृणा वा द्वेष फैलाउने सामग्रीहरुको प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसूर गरेको पाइएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

    उनीहरु उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटहिटीले जनाएको छ ।

     


    images
    images

    Logo