images
images

सवारी दुर्घटना र खोलाले बगाउँदा ४ जनाको मृत्यु 


  • 420
    SHARES
  • २०७८ आश्विन १३ गते बुधबार

    सवारी दुर्घटना र खोलाले बगाउँदा ४ जनाको मृत्यु 

    काठमाडौं । सवारी दुर्घटना र खोलाले बगाउँदा ४ जनाको मृत्यु भएको छ । 

    ईलाम, ईलाम नगरपालिका–१ नेपालटारस्थित सडकमा ना।५ ख ४९८७ नम्बरको ट्रकको ठक्करबाट प्लेजुङ खुम्बेदिन बस्ने २३ वर्षीय राजेश नेपालको मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ । पाँचथरबाट ईलातर्फ आउँदै गरेको प्र।१ ०१ ००१ ख ३४७१ नम्बरको मालबाहक ट्रकका सह चलाक राजेशलाई खाना खाई फर्कने क्रममा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । ट्रकका दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    तनँहु, ब्यास नगरपालिका–१२ देउरालीस्थित सडकमा ग।१६ प १६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीया चेतकुमारी जैशीको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको रत्नहरी अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
     
    खोलाले बगाएर मृत्यु 

    राक्सिराङ गाउँपालिका–८ देवीटारस्थित गिरखे खोलाले बगाएर सोही गाउँपालिका–८ गोङरे बस्ने कृष्ण बहादुर थिङकी छोरी १२ वर्षीया मनिता माया थिङको मंगलबार दिउँसो मृत्यु भएको छ । 
    राक्सिराङ गाउँपालिका–८ स्थित देवीटार माध्यमिक विद्यालयबाट घर जानका लागि खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब १ किलोमिटर टाढा उनको शव फेला पारेको हो ।   
     
    मृत अवस्थामा फेला 

    पोखरा महानगरपालिका–१ अधिकारी टोल बस्ने बाजुरा जगन्नाथ गाउँपालिका(२ घर भएकी १८ वर्षीया निरुता शाह मंगलबार मृत अवस्थामा फेला परेकी छन् । 
     


    images
    images

    Logo