images
images

द्वन्द्वग्रस्त युक्रेन नेपालको पाचौं निर्यातकर्ता


  • 406
    SHARES
  • २०८१ श्रावण २३ गते बुधबार

    द्वन्द्वग्रस्त युक्रेन नेपालको पाचौं निर्यातकर्ता

    काठमाडौं । गत आर्थिक वर्षमा युक्रेन नेपालको पाचौं ठूलो निर्यातकर्ता बनेको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को आयात निर्यातको विवरण अनुसार नेपालले युक्रेनबाट १८ अर्ब ८८ करोड रुपैयाँ बराबरको सामान आयात गर्दै पाचौं स्थान लिएको हो । 

    नेपालमा निर्यात गर्ने मुलुकमा युक्रेनभन्दा अगाडी भारत, चीन, संयुक्त अरब इमिरेट्स र संयुक्त राज्य अमेरिका छन् । सो आर्थिक वर्षमा नेपालले भारतबाट सबैभन्दा धेरै ९ खर्ब ९६ अर्ब ६८ करोडको आयात गरेको छ । त्यस्तै, चीनबाट २ खर्ब ९८ अर्ब ७७ करोड र संयुक्त अरब इमरेट्सबाट २९ अर्ब ८ करोड बराबरको सामान आयात गरेको छ । साथै, अमेरिकाबाट सो वर्षमा १८ अर्ब ८८ करोड रुपैयाँ बराबरको आयात भएको छ । 

    युक्रेनले अघिल्लो आर्थिक वर्षको नेपालको प्रमुख निर्यातकर्ता मुलुकमा ४ स्थान फड्को मारेको छ । आर्थिक वर्ष २०७९/८० मा युक्रेन नेपालको ९ औं निर्यातकर्ता थियो । यो अवधिमा युक्रेनबाट नेपालमा १८ अर्ब ४३ करोड रुपैयाँ बराबरको सामान आयात भएको थियो । गत आर्थिक वर्षमा उक्त आकारमा करिब ४५ प्रतिशतले मात्रै बढेको भएतापनि अष्ट्रलिया, मलेसिया, अरजेन्टिना र इन्डोनेशियाबाट नेपाल भित्रिने सामान घट्नाले युक्रेनले नेपाली निर्यातकर्तामा ४ स्थान फड्को मारेको भन्सार विभागको तथ्यांकबाट देख्न सकिन्छ । 

     


    images
    images

    Logo