काठमाडौं । वाणिज्य,आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले मंगलबार २५ फर्ममाथि कारवाही गरेको छ ।
सोमवार बजार अनुगमनको क्रममा विभागले काठमाडौ, भक्तपुर र ललितपुरको विभिन्न स्थानका फर्महरुमा कैफियत भेटिएपछि कारवाही गरिएको हो ।
कारवाहि पर्नेहरुमध्ये १७ वटालाई जरिवाना गरिएको छ । बाँकी ८ वटा मध्ये एउटा फर्मलाई तिन दिन भित्र विभागमा उपस्थित हुन भनिएको छ भने अन्य ७ वटालाई सचेत गराइएको छ ।



