images
images

त्रिभुवन विमानस्थलबाट ९ सय ग्राम पहेलो धातु बरामद, २ युवा पक्राउ


  • 222
    SHARES
  • २०७८ आश्विन १२ गते मंगलबार

    त्रिभुवन विमानस्थलबाट ९ सय ग्राम पहेलो धातु बरामद, २ युवा पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले एकैदिन नौ सय ग्राम पहेँलो धातु बरामद गरेकाे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले विमानस्थलबाट ८ सय ९९ दशमलव ५ ग्राम पहेँलो धातुसहित २ जनालाई पक्राउ गरेको हो । 

    विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट आइतबार ती व्यक्तिहरुलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका समुन्द्र दंगाल र संखुवासभा सन्तवीर राई रहेका प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनाको साथमा ३ थान बाला (करिब डेढ सय ग्राम) बरामद गरेको छ । बाँकी साढे ७ सय ग्राम भने अन्य यात्रीबाट बरामद गरिएको छ । 

    सिंगापुर एयरलाइन्सको उडानद्वारा मलेसियाबाट सिंगापुर हुँदै काठमाडौं आएका यात्रुहरुलाई भन्सार छली गर्न उक्त परिमाणको धातु बोकाई लुकाएर लैजान लागेको अवस्थामा प्रहरीले दंगाललाई पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उक्त कार्यमा राई समेतको संलग्नता रहेको भन्ने खुलेपछि उनलाई समेत पक्राउ गरिएको हो । 

    यात्रुबाट बरामद गरिएका साढे सात सय ग्राममध्ये १४ थान बाला  र १ थान  सिक्री  रहेको छ । प्रहरीले त्यसरी सामान ल्याउने शंकास्पद १५ जना यात्रुहरुलाइ‌ नियन्त्रणमा लिएको छ ।


    images
    images

    Logo