images
images

पछिल्लो २४ घण्टामा दुर्घटनामा परी १५ जनाको मृत्यु


  • 407
    SHARES
  • २०७८ आश्विन १२ गते मंगलबार

    पछिल्लो २४ घण्टामा  दुर्घटनामा परी  १५  जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ । 
    प्रहरीका अनुसार काठमाडौं लगायत देशका विभिन्न ठाउँमा सवारी दुर्घटना र अन्य घटनामा परी १५ जनाको मृत्यु भएको हो ।

    भक्तपुर, सूर्यबिनायक नगरपालिका–५ सल्लाघारी चोकस्थित सडकमा प्रदेश ३(०२(००८ प २५०१ नम्बरको मोटरसाइकललाई आरजे ०२ जिबि १९१७ नम्बरको टेलर गाडीले सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक भक्तपुर बालकोट बस्ने ४५ वर्षीय गणेश रजौराको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    कपिलवस्तु, महाराजगंज नगरपालिका–६ सानो बुटनियास्थित खेत जोत्ने क्रममा लु।४ त ७९२१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सोही ठाउँ बस्ने २२ वर्षीय दिलिप कहारको सोमबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

    रुपन्देही, सैनामैना नगरपालिका–५ बुद्धनगरस्थित सडकमा ना।८ ख ४४११ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीया राधा भट्टराई र उनकै छोरा २२ वर्षीय महेश भट्टराईको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    मोरङ, रतुवामाई नगरपालिका–८ आमडाँडास्थित सडकमा मे।१ त ४४८७ नम्बरको ट्याक्टर र प्र(३(०२(००२ प ४५८७ नम्बरको मोटरसाइकल एक(आपसमा ठोक्किएर सोमबार सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रतुवामाई नगरपालिका–८ बस्ने २८ वर्षीय यादव पाठकको मृत्यु भएको छ । 

    दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    करेन्ट लागेर मृत्यु 

    बुटवल उपमहानगरपालिका–८ सुख्खानगर पुष्पापथस्थित फ्युचर टाईम कम्पनीमा कार्यरत पाल्पा रुम्बा गाउँपालिका–१ सहेबी घर भएका २१ वर्षीय असोक घर्तीको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । 

    बुटवल उपमहानगरपालिका–१० कालिकानगरस्थित बोर्डमा वाईरीङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।  
     
    मृत अवस्थामा फेला 

    काठमाडौं महानगरपालिका–५ विशालनगर डेरा गरी बस्ने बुढानिलकण्ठ–३ घर भएका ६० वर्षीय सुवर्ण कुमार जोशी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । 

    ललितपुर, ललितपुर महानरगपालिका–२८ हरिसिद्धि खरीबोट डेरा गरी बस्ने हाल नाम, थर, वतन नखुलेका करिब ४३ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । 
     
    खोटाङ, दित्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा घर भई नेपाल बिद्युत प्राधिकरण खोटाङमा कार्यरत ३८ वर्षीय मनराज बास्तोला सोमबार मृत अवस्थामा फेला परेका छन् ।

     रावाबेशी गाउँपालिक–३ मा विद्युत रिडिङ गर्ने गएका उनी सोही गाउँपालिका–३ बस्ने राजकुमार खत्रीको घरमा बास बसेकोमा सुतेकै अवस्थामा उनी मृत फेला परेका हुन् । 
     
    सिन्धुली, फिक्कल गाउँपालिका–२ केबलपुर बस्ने ४७ वर्षीय हिदाको सार्की सोही ठाउँस्थित पानीको खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् । 
     
    खोलाले बगाएर मृत्यु 

    देउमाई नगरपालिका–१ मैदाने बस्ने गणेश मगरकी १० वर्षीया सागरीका मगरको फाकफोकथुम गाउँपालिका–६ र देउमाई नगरपालिका–१ को सिमानामा रहेको फलाटे खोलाले बगाएर सोमबार दिउँसो मृत्यु भएको छ । 

    फाकफोकथुम गाउँपालिका–६ फलाटेस्थित फलाटे माध्यमिक विद्यालयमा अध्ययन गरी घर फर्किने क्रममा उक्त खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी एकतप्पाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा सहयोगमा खोजी गर्ने क्रममा घटनास्थलदेखि २ किलोमिटर टाढा ढुङ्गामा उनको शव फेला परेको हो ।  
     
    भीरबाट लडेर मृत्यु 

    सिद्धिचरण नगरपालिका–७ गुन्जा बस्ने ४५ वर्षीया कामी डोमा शेर्पाको सोही ठाउँस्थित सिरु भीरबट लडेर सोमबार दिउँसो मृत्यु भएको छ । 

    मोलुङ गाउँपालिका–२ लिपे खोलामा गिट्टी कुटी घर फर्कने क्रममा उक्त भीरबाट लडेर करिब २० मिटर तल खस्दा उनको मृत्य भएको हो । 
     


    images
    images

    Logo